दफा १५
शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन –
(१) प्रतिष्ठानले विभिन्न विषयमा शिक्षा प्रदान गर्ने उद्देश्यले कुनै शैक्षिक संस्थाको स्थापना गर्न सक्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत अस्पताल अन्तर्गत सञ्चालन भइरहेको नर्सिङ क्याम्पस उपदफा (१) बमोजिम स्थापना भएको मानिनेछ ।
(३) नर्सिङ क्याम्पसको सञ्चालन तोकिए बमोजिम हुनेछ ।